काठमाडौं, पुस ११ – सानिमा बैंक लिमिटेड र ब्लु क्रस अस्पतालबीच स्वास्थ्य उपचार सुविधा सम्बन्धी सम्झौता भएको छ ।
यस्तै सानिमा बैंक लिमिटेड तर्फबाट प्रमुख डिजिटल बैंकिङ, विक्रम श्रेष्ठ र ब्लु क्रस अस्पताल लिमिटेडका तर्फबाट सदस्य सचिव कार्यकारी व्यवस्थापन समिति रजत श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
सानिमा बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोगकर्ताले ब्लु क्रस अस्पताल साझेदार रहेका नेपालका विभिन्न अस्पतालहरुमा उपचारको क्रममा सहज रुपमा भुक्तानी गर्न सकिने बैंकले जनाएको छ ।
यस्तै प्रयोगकर्ताले सानिमा बैंकको कार्ड प्रयोग गरी उपचार खर्चहरुमा १० प्रतिशतसम्म छुट पाउँन सक्ने जानकारी दिएको छ ।
FACEBOOK COMMENTS