काठमाण्डौँ — सानिमा बैंक लिमिटेडले बोनश शेयर र नगद लाभांश आधा आधा हुने गरी आगामी वर्षका लागि २० प्रतिशतभन्दा बढि लाभांस दिने प्रतिवद्धता गरेको छ ।
बैंकको बिहीवार राजधानीमा सम्पन्न १४औं वार्षिक साधारण सभामा प्रस्तावित लाभांश संशोधनको माग गर्दै सदस्यहरुले विरोध गरेपछि बैंकले उक्त प्रतिवद्धता गरेको हो ।
गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको १४ प्रतिशत नगद लाभांशको प्रस्तावसहित १४ औं वार्षिक साधारण सभा आयोजना गरेको बैंकले संस्थापकलाई मात्र ध्यान दिएर लाभांश प्रस्ताव गरेको आरोप लगानीकर्ताहरुको थियो ।
प्रस्तावित लाभांशलाई बोनस र नगदमा आधा आधा गर्न शेयर सदस्यहरुले दबाब दिएपछि बैंकका अध्यक्ष विनय कुमार श्रेष्ठले आगामी वर्ष २० प्रतिशत भन्दा बढी लाभांश दिने र त्यसमा नगद र बोनस आधा आधा गर्ने आश्वासन दिए ।
सानीमाले एनएफआरएस प्रणाली अनुसारको गत वर्षको वार्षिक प्रतिवेदन सबैभन्दा पहिले नेपाल राष्ट्र बैङ्कबाट स्वीकृत गराई साधारण सभा गर्न सफल भएको छ ।
FACEBOOK COMMENTS