काठमाडौं, मंसिर १९ – सानिमा बैंक लिमिटेडले आफनो १५औं बार्षिकोत्सवको उपलक्ष्यमा आफ्ना ग्राहकहरुलाई “अफर सानिमा बैंकको, रोजाई तपाईको” नामक योजना ल्याएको छ । यस योजनामा सानिमा बैंकको विभिन्न डिजिटल सेवाहरु तथा सामान खरिदमा छुट प्रदान गर्ने छ ।
बैंकले आफ्ना नयॉ तथा पुराना ग्राहकहरुलाई लक्षित गरी ल्याएको यो योजना २०७६ मंसिर २० देखि २२ गते सम्म तीनदिनको लागि लागु हुनेछ । यो योजनाअन्तर्गत बैंकको डिजिटल सेवाहरुजस्तै डेविट कार्ड, क्रेडिट कार्ड,ट्राभल् कार्ड, प्रायोरीटिपास, मोबाईल बैंकिङ्गतथा इन्टरनेट बैंकिङ्गलगायतमा जारी शुल्क नलाग्ने व्यवस्था गरेको छ । साथै विभिन्न रेष्टुरेन्ट तथा विधुतिय सामान र मोबाइलफोन खरिदमा समेत विशेष छुटको व्यवस्था गरेको छ ।
स
FACEBOOK COMMENTS