काठमाण्डौँ — संसदबाट पारित गरिसकिएको योगदानमा आधारित सामाजिक सुरक्षा ऐन–२०७४ राष्ट्रपतिको कार्यालयाट प्रमाणिकरणसमेत भइसकेको छ ।
उक्त ऐन मन्त्रालयको नाम श्रम तथा रोजगार मन्त्रालय रहेका बेला २०७४ साल साउन २९ गते राष्ट्रपतिबाट प्रमाणित भएको थियो ।
यो मन्त्रालयको नाम अहिले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय रहेको छ ।
उक्त ऐन कार्यान्वयन गर्न नियमावली बनाइँदै गरेको जानकारी दिँदै सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक श्यामराज अधिकारीले नियमावलीको मस्यौदा क्याबिनेट पुगेको बताउनुभयो ।
– नेपाल समाचारपत्र
FACEBOOK COMMENTS