काठमाण्डौँ — सरकारले सुरु गरेको सामाजिक सुरक्षा योजनामा उद्योग, प्रतिष्ठानको सूचीकरण प्रक्रियाको गति सोचेभन्दा धेरै सुस्त देखिएको छ।
सरकारले काठमाडौं उपत्यकाका लागि सूचीकरण गर्न दिएको तीन महिने समय सोमबार सकिएको छ।
यो अवधिमा एक हजार चार सय ६८ उद्योग, प्रतिष्ठान सूचीकरणको प्रक्रियामा सामेल भएका हुन्।
यो सरकारले सोचेभन्दा ज्यादै न्यून हो।
तोकेको समयमा काठमाडौं उपत्यकामा सञ्चालित उद्योग, प्रतिष्ठान निकै कम मात्रामा सूचीकरण प्रक्रियामा सहभागी भएपछि सामाजिक सुरक्षा कोषले सोही प्रक्रियाका लागि फेरी सूचना प्रकाशन गर्ने तयारी गरेको छ।
कोषकी निर्देशक रमा भट्टराईले सूचीकरण नभएका उद्योग, प्रतिष्ठानलाई योजनामा सहभागी हुन पुनः म्याद थपेर सूचना प्रकाशन गरिने बताइन्।
— नागरीक
FACEBOOK COMMENTS