काठमाडौं, वैशाख २९ –नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको तेस्रो दिन आज बुधबार झिनो अंकले बढेको छ । आज नेप्से ०.५६ अंकले बढेर दुई हजार छ सय ७३ दशमलब ८८ विन्दुमा पुगेको छ भने ५ अर्ब ३२ करोड ६० लाख बराबरको कारोबार भएको छ ।
नेप्सेका अनुसार आज कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ७ वटा उपसमूहको शेयर बढेको छ भने बाँकी ६ वटा उपसमूहको सेयर घटेको छ । आज ३ वटा कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ भने बाँकी ९ वटा कम्पनीको शेयर सर्किट लेभलमा कारोबार भएको छ । नारायणी डेभलपमेन्ट बैंक लिमिटेड, आँखुखोला जलविद्युत र बोटलर्स नेपालको शेयरमूल्य १० प्रतिशतले बढेको हो ।
आज विशाल बजार कम्पनी, रूरू जलविद्युत परियोजना, समता घरेलु लघुवित्त, युनियन हाइड्रोपावर, खानीखोला हाइड्रोपावर, दिव्यश्वरी हाइड्रोपावर, एनआरएन इन्फ्रास्ट्रक्चर, जोशी हाइड्रोपावर र युनिलिभर नेपालको सेयर पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।
FACEBOOK COMMENTS