काठमाण्डौँ — सामुदायिक लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आईपीओ) खुला भएको छ ।
संथाले २ लाख ७३ हजार कित्ता आईपीओका लागि आज आइतबारदेखि आवेदन खुलाएको हो ।
गत वर्ष नै आईपीओ जारी गर्न लागेको यस लघुवित्त नेपाल राष्ट्र बैंकको काराबाहीमा परेको थियो ।
व्यापक अनियमितता भएको भन्दै नेपाल राष्ट्र बैंकले यसलाई कारवाही गरेपछि गत वर्ष नै निष्कनुपर्ने आईपीओ यो वर्ष मात्रै आएको हो ।
आईपीओ छिटोमा मंसिर ५ र ढिलोमा पुस २ गतेसम्म बन्द हुने बताइएको छ ।
१२ हजार कित्ता ९४ प्रतिशत० सेयर कर्मचारीलाई , १५ हजार कित्ता ५ प्रतिशत सामूहिक लगानी कोषका लागि बाँडफाँड गरिएको छ ।
बाँकी रहेको २ लाख ७३ हजार कित्ताको मात्रै आम सर्वसाधारणबाट आवेदन माग गरिएको हो ।
FACEBOOK COMMENTS