कोलम्बो ( सार्क चेम्वर अफ कमर्शका उपाध्यक्ष चण्डिराज ढकालले सार्क क्षेत्रको आर्थिक विकासका लागि युवा शक्तिको परिचालनमा जोड दिनुपर्ने औल्याएका छन । श्रीलंकामा जारी सार्क चेम्बर अफ कमर्शको ७८ औ सभा माझ आयोजित अर्थ सामाजिक सम्बृद्धिका लागि क्षत्रिय आर्थिक साझेदारी बिषयक सत्र माझ उनले सो धारणा राखेका हुन ।
उक्त सत्रको अध्यक्षता गरेका उपाध्यक्ष ढकालले विश्वको तीन प्रतिशत मात्र भुभाग ओगटेको सार्क क्षेत्र कुल गार्हस्थ उत्पादनका आधारमा विश्व अर्थतन्त्रमा अमेरिका र चिन पछी तेस्रो स्थानमा पर्ने बताउदै सार्क क्षेत्रको कुल जनसन्ख्या मध्य ४० प्रतिशत हिस्सा युवाले ओगटेकोले उक्त जनशक्ति सार्कको अर्थतन्त्र उकास्नमा मद्घतगार रहनेमा दुईमत नरहेको कुरा राखे । ढकालले सम्भावना बोकेको मौजुद शक्तिको परिचालनबाट नै क्षेत्रिय आर्थिक समायोजनमा टेवा मिल्ने पनि बताए ।
ढकालले सार्क क्षेत्रमा कृषि, टेलिकम, स्वास्थ्य जनसंख्या, यातायात, प्रविधी, पर्यटन, जल उर्जाको प्रवल सम्भावना बारे बोल्दै यि क्षेत्रलाई सार्क क्षेत्रका नागरिकहरु माझ क्षत्रिय साझा सवालका रुपमा अघि बढाउन सहकार्य र आपसी समझदारी आवश्यक रहेको पनि बताए ।
कार्यक्रममा अर्थशास्त्री विश्वम्भर प्याकुरेल, अमेरिकन युनिभर्सिटीका भाईस चान्सलर अब्दुल वासी, एसडिपिआइ पाकिस्तानका सिनियर रिसर्च फेलो डा ।
साब्रिक सेन्टर फर एक्सिलेन्स इन्डिन्जिनियस स्कुलिङ प्रोडक्ट ईन्डियाका अनुराग अवस्थी र युनिडोका नेशनल डाइरेक्टर नवाव दास्तानले पेनलिस्टको भूमिका निर्वाह गरेका थिए । कार्यक्रममा श्रीलंकाका लागि अफ्गानिस्तान, बंगलादेश र माल्दिभ्स राजदुतत्रयको उपस्थिती रहेको थियो ।
FACEBOOK COMMENTS