काठमाडौं, मङ्सिर ११ – रविन कुमार श्रेष्ठ नेपाली जुत्ता उद्योगका एक चर्चित अनुहारमा गनिन्छन् । श्रेष्ठ नेपाली चर्चित नेपाली फुटवेयर ब्राण्ड ’कोशेली’ का संचालक हुन । नेपाललाई जुत्तामा आत्मनिर्भर बनाउने अभियानका एक भरपर्दा सारथी श्रेष्ठले यस उद्योगलाई निर्यातमुखी बनाउन सघाँउदै उत्तिकै सर्हानिय भूमिका निभाएका छन् । त्यसो त श्रेष्ठ बस्तुगत संघ अन्तर्गत पर्ने नेपाल फुटवेयर उत्पादक संघका अध्यक्ष समेत रहिसकेका छन् ।
हाल उनी नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य समेत छन् । देशको व्यवसायिक क्षेत्र तथा अर्थव्यवस्थालाई सुदृढ तुल्याउन र अन्य बस्तुगत संघका समस्याहरु बुझेर समाधानार्थ राष्ट्रियस्तरमा लबी गर्ने काममा श्रेष्ठ खरो उत्रदै आएको पाईन्छ ।
FACEBOOK COMMENTS