चितवन -भरतपुर महानगरपालिकाले महानगर क्षेत्रमा रहेका सार्वजनिक जग्गाको खोजी तथा संरक्षणको काम अघि बढाएको छ ।
महानगरले वडा नं. २६ का वडाध्यक्ष ज्ञानप्रसाद खनालको संयोजकत्वमा ७ सदस्यीय सार्वजनिक जग्गा पहिचान तथा व्यवस्थापन उपसमिति गठन गरेर त्यस्ता जग्गाको खोजी थालेको हो ।
महानगरपालिकाले गत आर्थिक वर्षमा नै सार्वजनिक जग्गाको लगत संकलन गर्ने नीति बनाए पनि काम अघि बढेको थिएन ।
उपसमितिले महानगरको प्रत्येक वडाको सार्वजनिक जग्गाको लगत संकलन गर्ने, नक्सांकन गर्ने, जीआईएस प्रविधि अपनाएर जग्गाको अवस्थाका बारेमा रेर्कड राखिने सदस्यसचिव बिसुराम कुँवरले बताए । महानगरमा विभिन्न प्रकृतिका सार्वजनिक जग्गा भेटिएको कुँबरको भनाइ छ ।
FACEBOOK COMMENTS