काठमाडौं,फागुन २७- साल्ट ट्रेडिङ कर्पोरेशन सार्वजनिक निजी साझेदारीको एउटा उत्कृष्ट नमुनाको रुपमा रहेको छ । वि सं २०२० सालमा स्थापना भएको यस संस्थाले नेपालमा गुणस्तरीय नुन प्रत्येक नेपालीको भान्सामा पु-याउने काम गरेको छ ।
कर्पोरेशनले उच्च स्तरिय गुणस्तरको नुन सर्वसुलभ मुल्यमा जनता र आम उपभोक्ताको भान्सामा पुर्योएको छ । कर्पोरेशनले देशमा नाकाबन्दी हुदाँ होस् वा अन्य कुनै पनि परिस्थितीको सृजनाहुदाँ होस् सधै जनता प्रति सेवाभाव राखी बजारमा कुनै पनि किसिमको कालोबजारी सृजना हुन नदिई निरन्तर सवसुलभ रुपमा आफ्नो उत्पादन बजारमा पु-याएको छ ।
कर्पोरेशनको हाल देशभर ४९ शाखा कार्यालयका साथै विभिन्न जिल्लाका ३१ वटा विक्रि केन्द्र मार्फत आफ्नो उत्पादन बिक्रिवितरण गर्दै आएको छ । कर्पोरेशन देशभर छरिएर रहेका ६ हजार डिलर तथा किराना खुद्रा पसल मार्फत देशका दुर दराजमा रहेका नागरिकलाई नुन लगायतका बस्तुहरुको आपूर्ति व्यवस्था सरल, सहज र सुलभ रुपमा मिलाउँदैं आएको छ ।

कर्पोरेशनले नुन, चिनी, रसायनिक मल तथा एलपी ग्यासको आपूर्ति गर्दै आइरहेको छ । कर्पोरेशनले सीमामा देखिएका गुणस्तरहीन खाद्यन्नको चोरी पैठारी रोक्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग हातेमालो गरी काम गर्दै आएको छ । यस कम्पनिले उचित आयोडिन भएको नुन देशका कुना काप्चासम्म पु-याई आयोडिनको कमीले हुने रोगलाई हटाउन मदत गरेको छ ।
कम्पनिले अझै १० महिनाका लागि पुन्ने नुन मौज्जाद रहेको समेत जनाएको छ । त्यसै गरी बजारमा चिनीको अभाव हुन नदिन दश हजार टन चिनी मौज्जाद रहेको जानकारी दिएको छ । कम्पनिले रासायनिक मल तथा कागज पनि अभाव नहुने र आवश्यक मात्रामा मौज्जाद रहेको जानकारी दिएको छ ।
