काठमाडौं, जेठ १२ – आज २५६५ औं बुद्ध जयन्ती । सार्वजनिक विदाका कारण आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा कुनै हेरफेर गरिएको छैन । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बुधबार सुनचाँदीको मूल्य गत मंगलबारकै मूल्य कायम गरिएको हो ।
महासंघका अनुसार आज पनि छापावाल सुन प्रतितोला ९३ हजार ५०० रुपैयाँ कायम गरिएको छ भने तेजाबी सुन प्रतितोला ९३ हजार रुपैयाँ नै कायम गरिएको छ । त्यस्तै यता चाँदीको मूल्य पनि गत मंगलबारकै मूल्य प्रतितोला एक हजार ३५० रुपैयाँ कायम गरिएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
FACEBOOK COMMENTS