काठमाडौं– दशैंको लागि भनेर भित्राईएको चिनी तिहार आउनै लाग्दा समेत वीरगञ्स्थित सर्सिया सुख्खा बन्दरगाहमा रोकिएको छ ।
सरकारी स्वमित्व संस्था साल्ट ट्रेडिङ कर्पोरेसन प्रालिकै चिनी सुख्खा बन्दरगाहमा रोकिएको हो ।
चाडबाडमा व्यापारीले गर्ने कालाबजारीलाई रोक्न सरकारले आफू अन्तर्गतका संस्थाबाट सामानहरु विक्रीवितरण गर्दै आएको छ ।
चाडबाडमा उपभोक्तालाई सहुलियत मूल्यमा चिनी उपलब्ध गराउन साल्ट ट्रेडिङले भित्राएको चिनी आपुर्ति मन्त्रालय र अर्थमन्त्रालयका कारण भन्सारमा रोकिएको साल्ट ट्रेडिङका सुचना अधिकारी कुमार राज भण्डारीले बताएका छन् ।
उनले मन्त्रालयलाई बारम्बार यसबारेका ध्यानकर्षण गराउँदा पनि मत्रालय अझै आलटाल गरेको आरोप लगाएका छन् ।
साल्ट ट्रेडिङले भित्राएको चिनी बन्दरगाहा बाट उठाउन बारम्बार कम्पनिले ताकेता गरेको भण्डारीले बताए ।
साल्ट ट्रेडिङ कर्पोरेसनले भारत पश्चिमबंगालको हल्दियास्थित रेणुका सुगर मिलबाट खरिद गरी ल्याएको २ हजार ४ सय टन चिनी असोज ६ देखि त्यहाँ थन्किएको हो ।
चाडबाडमा चिनीको मूल्यका आकाशिन नदिन सरकारी स्वामित्वको कम्पनीले हरेक वर्ष यसरी चिनी ल्याउने गरेको छ ।
तर, चिनीको मूल्य बढाउन लागि परेकाहरु र साल्ट ट्रेडिङ कम्पनी नै बन्द गरेर नुनको मूल्य समेत बढाउन चलखेल गरिरहेकाहरुको दबाबमा कोटा प्रणाली कारण बनाइ चिनी रोकेका हुन् ।
तर, उक्त चिनी कोटा प्रणाली लागू हुनुअघि नै खरीद गरिएको थियो ।
कर्पोरेसनले चिनी आयात गरेर सस्तोमा बेच्ने हुँदा पहिल्यै खरिद गरेको चिनी समेत माफियासँग मिलेका सरकारी अधिकारीले रोक्न लगाएका हुन् । चिनी निकासीमा ढिलाइए हुँदा कम्पनीले बन्दरगाहलाई दैनिक २ लाख ४७ हजार ५ सय रुपैयाँ तिर्नुपरिरहेको छ ।
FACEBOOK COMMENTS