काठमाडौं, मंसिर १० – ललितपुरका संघीय सासंद नवराज सिलवालको फेसबुक पेज ह्याक भएको छ । सांसद सिलवालले तीन दिनदेखि फेसबुक पेज ह्याक भएको जानकारी दिएका छन् ।
‘बिगत तीन दिनदेखि मेरो नामको फेसबुक पेज ह्याक भएको छ । पेज ह्याकरले नियन्त्रणमा लिएर पोष्ट गरिरहेको छ ।’, सांसद सिलवालले भने ।
पेज कुन उद्देश्यका लागि कस्ले ह्याक गरेको भन्ने अहिलेसम्म केही खुलेको छैन । तर ह्याकरले पेजमा अश्लिल सामाग्री राखिरहेका छन् ।
पेज ह्याक भएपछि सांसद सिलवालले साइबर ब्यूरोमा उजुरी दिएका छन् । ब्यूरोले यस विषयमा सुक्ष्म ढंगले अनुसन्धान गरिरहेको जनाएको छ । ब्यूरोका प्रहरी उपरीक्षक पशुपती रायले सांसद सिलवालको पेज ह्याक भएको विषयमा अनुसन्धान भइरहेको बताए ।
FACEBOOK COMMENTS