काठमाडौं, साउन ३१ । नेपाल भाषका साहित्यकार तथा बौद्ध विद्धान स्व.अष्टमुनि गुभाजुको ‘मनू नुगः’ नामक कथा संग्रह सार्वजनिक भएको छ ।
बुवा सप्तमुनी बज्राचार्य र आमा मसिनु (रेवती) बज्राचार्यका दोस्रो सन्तानको रुपमा उनको जन्म ने.सं १०७६ सिथिचः¥हय्का दिन भएको हो ।
गुभाजुकी श्रीमती मंगल देवी स्थापित पनि नेपाल भाषाका साहित्यकार हुन् । उनका दुई छोराहरु छन् । गुभाजु विगत ४० वर्षदेखि नेपाल भाषा साहित्यमा सक्रिय व्यक्तिको रुपमा क्रियशिल थिए । उनि बौद्ध धर्ममा पनि उल्लेखनिय उोगदान पुर्याउने व्यक्तित्व हुन् ।
उनको पहिलो कृति ‘धंकि दुने धंकि पिने’ ने.सं ११४० मा प्रकाशित कथा संग्रह हो । ने.सं ११२० मा उनको ‘ख्युं नाया वनाच्वंगु सुथ’ नामक उपन्यास प्रकाशित भएको थियो ।
त्यस बाहेक नगु व मिला, चर्या नृत्य गुरुया लुमनाय्, श्री वसुन्धरादेवी व्रत–बाखं, बौद्ध कर्मकाण्ड व बद्री गुरुजु, अमृतधम्म, जीवनका पानाहरु स्व. लोकदर्शन बज्राचार्यको आत्म वृतान्त, अष्टसाहस्रिका प्रज्ञापारमिता लगायतका धेरै कृतिरुमा सम्पादक रुपमा कार्य गर्नुका साथै विभिन्न पत्रपत्रिकामा लेख, रचना र कथाहरु प्रकाशित छन् ।
FACEBOOK COMMENTS