काठमाण्डौँ — बाँकेमा निर्माणाधिन सिक्टा सिँचाइ आयोजनाको पश्चिम मुल नहर निरीक्षण गरेर अस्ट्रेलियन विज्ञ टोली फर्किएको छ।
पश्चिम मुल नहरको केही स्थानमा देखा परेको घुलनशील माटोको समस्या समाधानका लागि उक्त टोली मंगलबार निरीक्षण गर्न आएको थियो।
घुलनशील माटोले उत्पन्न गरेको समस्या समाधान गर्दै निर्माण कार्य सफल पार्नमा अस्ट्रेलियाका माटो विज्ञहरु ख्याति प्राप्त मानिन्छन्।
सिक्टामा आर्थिक अनियमितता गरेर पश्चिम मुल नहर कमजोर हिसाबले निर्माण गरिएको ठहर गर्दै अख्तियारले साढे ८ अर्व बराबरको विगोसहित २१ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरिसकेको छ।
मुल नहर कमजोर हुनुमा घुलनशील माटो पनि समस्याको एउटा कारक बनेपछि स्थलगत अध्ययनका लागि अष्ट्रेलियन टोली आएको बताइएको छ।
दुई सदस्यीय उक्त टोलीले तीन दिनसम्म पश्चिम मुल नहर निर्मित क्षेत्र ढकेरी, बालापुर, ओभरी, शम्शेरगन्ज लगायत क्षेत्र तथा अगैयामा रहेको हेडवर्क्सको स्थलगत निरीक्षण गरेको आयोजना निर्देशक कृष्ण नेपालले बताए ।
उनका अनुसार विज्ञ टोली अष्ट्रेलिया फर्केर गएपछि केही समय पश्चात सल्लाह, सुझाव सहित यसको रिपोर्ट दिनेछ।
— नागरीक
FACEBOOK COMMENTS