काठमाडौं,फागुन ४- सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ईसेवामनि ट्रान्सफरप्रा. लि का बीच विप्रेषण रकम भुक्तानी दिने कार्यका लागि सम्झौता भएको छ ।
यस सम्झौता बमोजिम अब ईसेवामनि ट्रान्सफरमार्फत विदेशबाट नेपालमा पठाएको विपे्रषण रकम सिटिजन्स बैंकको नेपालभर रहेको ८९ वटा शाखाहरुबाट सहजरुपमा भुक्तानी पाउन सकिने छ । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वितहुने विश्वास बैंकले लिएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएकाआफ्ना ८९ वटा शाखा, ९० वटा ए.टि.एम. र १०३ वटा शाखा रहित बैंकिङ्गएकाईहरुबाट करिव पाँचलाखग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ ।
FACEBOOK COMMENTS