काठमाडौं, फागुन ९- सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शाखाविस्तार गर्ने क्रममा थप चार वटा नयाँ शाखाहरु संचालनमा ल्याएको छ । बैंकले मोरंगको कन्चनबारी (राजवंशीचोक), कास्कीको हस्पिटल चोक (पोखरा) र कैलालीको अत्तरिया तथा सुखड शाखाहरु संचालनमा ल्याएको हो ।
उक्त शाखाहरुको शुभारम्भ समारोहमा स्थानियनिकायका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थिति रहेको थियो । नेपाली जन माझमा आफ्नो उपस्थितिलाई दरोबनाउन तथा आमनागरिकलाई अत्यावश्यक वित्तीय सेवाको पहँुच प्रदानगर्ने उद्देश्यका साथ बैंकले शाखाहरु विस्तार गरेको हो ।
नेपाल सरकारले अवलम्बन गरेको वित्तीयसमावेशिताको अवधारणालाई कार्यान्वयनगर्न शाखा संजालको विस्तारले टेवापुग्ने विश्वास बैंकले लिएको छ । यी शाखाहरुमार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न सम्पूर्ण रिटेल बैकिंग सेवा प्रदानगर्नुका साथै साना तथा लघु व्यवसायीहरुमाझ वित्तीय पहुँच पु¥याँउने लक्ष्य बैंकले राखेको छ । सुविधाजनक बचत खातायोजना, मुद्दती निक्षेप योजना, ए.टि.एम.सेवा, घर तथा सवारी कर्जा, सानाव्यवसायी कर्जा, लगायतका वित्तीय सेवाहरु छिटो, छरितो,चुस्त र दुरुस्त रूपमाग्राहकहरुलाई प्रदान गर्ने प्रतिबद्धता बैंकले व्यक्त गरेको छ ।
FACEBOOK COMMENTS