काठमाडौं, फागुन २० – सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले म्याग्दी जिल्लाको बेनी नगरपालिका – ९ तोरीपानी स्थित श्री गलेश्वर माध्यमिक विद्यालयलाई संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत रु ५०,०००। को आर्थिक सहयोग प्रदान गरेको छ ।
विद्यालयको प्रांगणमा आयोजित एक कार्यक्रमकाबीच उक्त सहयोग रकम बैंकले हस्तान्तरणगरेको हो । विद्यालयले विद्यार्थीको चौतर्फी विकाशको निम्तिविभिन्न कार्यक्रमहरुलाई पाठ्यक्रममा समावेश गरी गुणस्तरीय शिक्षाप्रदान गर्दै आईरहेको छ । यस विद्यालयमाअध्ययन र अध्यापनगर्दैआएका करिव २५० जनालाई शुद्ध खानेपानीको व्यवस्थागर्न उक्त सहयोग रकमप्रदान गरिएको बैंकले जनाएको छ ।
उक्त रकमबाट शुद्ध खानेपानीको लागिआवश्यकपूर्वाधार निर्माण गरिने कुरा विद्यालयप्रशासनले जनाएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ९३ वटा शाखा, ९० वटा ए.टि.एम. र १०३ वटा शाखा रहित बैंकिङ्गएकाईहरुबाट करिव पाँचलाखग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ
FACEBOOK COMMENTS