काठमाडौं, फागुन १२ – सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले डोल्पा जिल्लाको ठूलीभेरी नगरपालिका दुनैमा अवस्थित श्री सरस्वति माध्यमिक विद्यालयलाई संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत रु पचास हजारको आर्थिक सहयोग प्रदान गरेको छ ।
विद्यालयको प्रांगणमा आयोजित एक कार्यक्रमकाबीच उक्त सहयोग रकम बैंकले हस्तान्तरण गरेको हो । गुणस्तरीय शिक्षाप्रदान गर्दै आईरहेको यस विद्यालयले उक्त सहयोग रकमबाट हिमाली छात्रवासमा रही अध्ययन गरिरहेका २५ जना छात्र÷छात्राहरू र महिला फिडर छात्रवासमा आवासिय रूपमा अध्ययन गरिरहेका २० जना छात्राहरुकोलागि आवश्यक खाद्यान्न तथा न्यानो ओढ्ने र ओछ्याउने लुगाहरू खरिद गर्ने कुरा जनाएको छ ।
यस किसिमको सहयोगबाट त्यहाँ अध्ययन गर्दे आएका विद्यार्थीहरुको जिवनस्तरमा सुधार आउने तथा चिसोबाट जोगिन मद्दत पुग्ने विश्वास बैंकले व्यक्त गरेको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ९३ वटा शाखा, ९० वटा ए.टि.एम. र १०३ वटा शाखा रहित बैंकिङ्गएकाईहरुबाट करिव पाँचलाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ ।
FACEBOOK COMMENTS