काठमाडौं,चैत ३- सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सामाजिक उत्तरदायित्व अन्तर्गत रु.१००,०००।– (एकलाख) आश्रित मानवमुक्त (सम्मान) अभियान नेपाललाई सहयोग गरेको छ । “सम्मान” नेपालले सडक आश्रित मानवमुक्त अभियान नेपाल सञ्चालन गरेको छ ।
यस पवित्रकार्य र यस्ता कार्यहरुलाई बैंकले भविष्यमा पनि बैंकको संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनकानिम्ति विभिन्न कार्यक्रम संचालन गर्ने जनाएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ९३ वटा शाखा, ९० वटा ए.टि.एम. र १०३ वटा शाखा रहित बैंकिङ्गएकाईहरुबाट करिव पाँचलाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ ।
FACEBOOK COMMENTS