काठमाडौं, पुस १३ – सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र महिला उद्यमी महासंघबीच अनुदानमा महिला उद्यमी कर्जा प्रवाह गर्नेसम्बन्धी सम्झौता भएको छ ।
बैंकले १५ लाख रुपैयाँसम्म महिला उद्यमशीलता कर्जा सहुलियतपूर्ण दरमा प्रदान गर्ने भएको हो । सम्झौताअनुसार यस प्रकारको कर्जा महिला उद्यमी महासंघको सिफारिसमा प्रदान गरिने जनाइएको छ ।
महिला उद्यमशीलताको विकासका लागि चाहिने आर्थिक आवश्यकताको मागलाई सम्बोधन गर्न यो सम्झौता फलदायी हुने विश्वास लिएको बैंकले जनाएको छ ।
सम्झौताले महिला उद्यमीहरूको पहिचान गर्न बैंकले भोग्नुपरेको कठिनाइलाई पनि कम हुने जनाइएको छ । यस प्रकारको कर्जा देशभरका सबै शाखाबाट प्राप्त गर्न सकिने बैंकले जनाएको छ । बैंकले १०९ शाखा, ९८ एटिएम र १०४ शाखारहित बैंकिङ इकाइमार्फत सेवा दिइरहेको जनाएको छ ।
FACEBOOK COMMENTS