काठमाडौं, असोज १५ – सिटिजन्स म्युचुअल फण्ड १ र सिटिजन्स म्युचुअल फण्ड–२ को इकाई मूल्य बिहीवार समायोजन भएको छ । नेप्सेले दुवै योजनाले प्रस्ताव गरेको लाभांश प्रयोजनका लागि इकाई मूल्य समायोजन गरेको हो ।
नेप्सेले सिटिजन्स म्युचुअल फण्ड १ को १५ प्रतिशत लाभांशपछिको मूल्य प्रतिइकाई ९ दशमलव ९५ रुपैयाँ र सिटिजन्स म्युचुअल फण्ड–२ को १० प्रतिशत लाभांशपछिको मूल्य प्रतिइकाई ९ रुपैयाँ तोकेको हो ।
सिटिजन्स म्युचुअल फण्ड १ को बुधवार कायम अन्तिम इकाई मूल्य रू. ११ दशमलव ४५ र सिटिजन्स म्युचुअल फण्ड–२ को बुधवारको अन्तिम इकाईमूल्य १० रुपैयाँ लाई आधार मानेर नेप्सेले मूल्य समायोजन गरेको हो । यी दुवै योजनाले प्रस्तावित लाभांशका लागि बिहीवार बुक क्लोज गरेको हुन ।
सिटिजन्स म्युचुअलको व्यवस्थापनमा सञ्चालित यी आयोजनाले गत आर्थिक वर्ष २०७६÷७७ को लागि प्रतिफल घोषणा गरेका हुन । बुक क्लोजको आधारमा असोज १४ गतेसम्म कायम इकाईधनीहरुले मात्र यी योजनाको प्रतिफल पाउनेछन् ।
FACEBOOK COMMENTS