काठमाडौं, कात्तिक २४ – हङकङको ख्यातिप्राप्त वायरिज रेमिट्यान्स र सिटी एक्सप्रेस मनी ट्रान्सफर बीच रेमिट्यान्स कारोबार सुरु भएको छ ।
हङकङमा रहेका नेपालीहरुले वायरिज रेमिट्यान्सको सेवा प्रयोग गरी सिटी एक्सप्रेसमार्फत सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्नेछन् । नेपालमा सिटी एक्सप्रेससँग आबद्ध १०,००० भन्दा बढि एजेन्टहरुबाट सजिलै भुक्तानी लिन सकिने, नेपालको जुनसुकै बैंकको खातामा रकम जम्मा गर्न र मोबाइल वालेटमा लोड गर्न सकिने छ ।
उक्त सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र वायरिज रेमिट्यान्सका निर्देशक रितु त्रिपाठीले हस्ताक्षर गरे ।
यही नोभेम्बर ३० तारिक सम्म वायरिज रेमिट्यान्सबाट सिटी एक्सप्रेसमार्फत गरिने बैंकिङ्ग कारोबार निःशुल्क गरिएको छ । सिटी एक्सप्रेसले रेमिट्यान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै बिगत १४ वर्षदेखि संसार भरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ ।
आन्तरिक विप्रेषणअन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १०,००० भन्दा बढि भुक्तानी केन्द्रहरुमार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाइल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।
FACEBOOK COMMENTS