काठमाडाैं, १९ माघ – सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो सन्जाल बिस्तार गर्दै खाडी राष्ट्र ओमान पुगेको छ । ओमानको ख्याति प्राप्त मोडर्न एक्स्चेञ्ज र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीबच रेमिटान्स कारोबार शुरु गर्ने सम्झौता भएको छ ।
ओमानमा रहेका नेपालीहरुले मोडर्न एक्स्चेञ्जको सेवा प्रयोग गरी सिटी एक्सप्रेस मार्फत सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्ने भएको कम्पनीले जनाएको छ । सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र मोडर्न एक्स्चेञ्जको तर्फबाट प्रबन्ध निर्देशक हर्मुज्दा बी डाभरले हस्ताक्षर गरेका थिए ।
नेपालमा सिटी एक्सप्रेससँग आबद्ध १०,००० भन्दा बढि एजेन्टहरुबाट सजिलै भुक्तानी लिन सकिने व्यबस्था रहेको कम्पनीले बताएको छ । त्यस्तै, नेपालको जुन सुकै बैंकको खातामा रकम जम्मा गर्न र मोबाइल वालेटमा लोड गर्न सकिने छ ।
सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १४ वर्ष देखि संसार भरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १०,००० भन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।
FACEBOOK COMMENTS