काठमाडौं, पुष ९ – सिद्धार्थ इन्स्योरेन्सले नेपाल स्टारको उत्कृष्ट ८ मा पुग्न सफल ८ जना प्रतियोगी, नेपाल स्टारका निर्णायकहरु एवं निर्देशकको १ बर्षको दुर्घटना बीमा प्रदान गर्ने भएको छ ।
सो सम्बन्धि सम्झौता पत्रमा सिद्धार्थ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र बैदवार क्षेत्री र की. एडभर्टाइजिङ सर्भिसका प्रबन्ध निर्देशक रबिन्द्र कुमार रिजालले एक कार्यक्रमका बीच हस्ताक्षर गरे ।
सम्झौता कार्यक्रममा कार्यक्रमका नेपाल स्टारका निर्णायक मण्डलका सदस्य वरिष्ठ संगीतकार आलोकश्री बरिष्ठ गायक रामकृष्ण ढकाल, बरिष्ठ गायिका अन्जु पन्त लगायत कम्पनीका वरिष्ठ पधादिकारी एवं नेपाल स्टारका उत्कृष्ट ८मा प्रतिस्पर्धा गरिरहेका उम्मेद्वारहरुको उपस्थिति रहेको थियो ।
उत्कृष्ट ८ जनालाई जनही रु. १५ लाख एवं निर्णायकहरु एवं निर्देशकको रु. २५ लाख रकम बराबरको दुर्घटना बीमा रहेको छ । सिद्धार्थ इन्स्योरेन्स लिमिटेड निर्जीवन बीमा कम्पनीमध्ये नेपालको एक अग्रणी बीमा कम्पनी हो ।
FACEBOOK COMMENTS