काठमाडौं, साउन १९। सिद्धार्थ बैंक लिमिटेडले गत आर्थिक बर्षको चौथो त्रैमास अवधिसम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त विवरण अनुसार बैंकले गत वर्षको १२ महिनाको अवधिमा २ अर्ब ३० करोड ८८ लाख ५३ हजार खुद नाफा कमाएको छ। आर्थिक बर्ष ७४/७५ को सोही अवधिमा बैंकले जम्मा १ अर्ब ९० करोड ४० लाख ६१ हजार खुद नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा बैंकको नाफा २१.२६ प्रतिशतले बढेको हो।
त्यस्तै बैंकको बैंकको मुख्य आम्दानीको स्रोत खुद ब्याज आम्दानी ३६ प्रतिशतले बढेको छ । अधिल्लो आर्थिक वर्षमा ३ अर्ब ४३ करोड ६२ लाख रहेको खुद ब्याज आम्दानी गत वर्ष बढेर ४ अर्ब ६७ करोड ३९ लाख पुगेको छ भने जगेडा कोषमा बैंकले ४ अर्ब ४८ करोड ५४ लाख रुपैयाँ जम्मा गरेको छ । हाल बैंकको चुक्ता पुँजी ८ अर्ब ८८ करोड ७६ करोड ४ लाख रहेको छ ।
त्यस्तै बैंकको प्रतिशेयर नेट वर्थ १६९ रुपैयाँ ७७ पैसा, प्रति शेयर आम्दानी २६ रुपैयाँ ५९ पैसा, ब्याजदर अन्तर ( स्प्रेड रेट) ४.०७ प्रतिशत, आधार ब्याजदर १०.५७ प्रतिशत, पुँजीकोष अनुपात १२.५६ प्रतिशत र कोषको लागत ७.५४ प्रतिशत रहेको छ ।
FACEBOOK COMMENTS