काठमाडौं, भदौ १७ – सिद्धार्थ बैंकले बैंकिङ्ग सेवा अझ बढी प्रभावकारी एवं वातावरण मैत्री बनाउने उद्देश्यले कार्डको पिनकोड प्राप्त गर्न ग्रीनपिन सेवा सुचारु गरेको छ । यस सुविधा सञ्चालन पश्चात् बैंकका ग्राहकले डेबिट र क्रेडिट कार्डको ग्रीनपिन सोझै आफ्नो मोबाइल नम्बरमा प्राप्त गरी कार्डको पिन निर्धारण गर्न सक्नेछन् ।
ग्राहकले आफ्नो नयाँ कार्डको पिन सिद्धार्थ बैंकको कुनै पनि एटीएम वा एनइपीएस सदस्य रहेका केही बैंकहरुको एटिएमबाट निर्धारण गर्न सक्ने बैंकले जनाएको छ ।
यसरी पिन निर्धारण गर्न एटिएममा कार्ड राखेपछि ग्राहकलाई बैंकमा रजिष्टर्ड आफ्नो मोबाईल नम्बरमा एसएमएसमार्फत ग्रीन पिन आउनेछ ।
प्राप्त ग्रीन पिन ग्राहकले एटिएममा राखी आफ्नो नयाँ पिन नम्बर निर्धारण गर्न सक्नेछन् । पिन परिवर्तन भएपछि कार्ड सक्रिय हुनेछ र यस पपछि ग्राहकले आफ्नो कार्ड एटिएम, पीओएस मेसिन तथा अनलाईन कारोबारमा सजिलै प्रयोग गर्न सक्ने बैंकले जनाएको छ ।
अन्य बैंकका एटीएमहरुमा पनि बिना कुनै अतिरिक्त शुल्क प्रयोग गर्न सकिनेछ ।
बैंकले ल्याएको यस सुविधाले ग्राहकलाई सहज सेवा उपलब्ध हुने, कार्ड वितरण र सक्रिय प्रक्रियामा लाग्ने समयको बचत हुने र केही हदसम्म भएपनि कागजको प्रयोग कम गरी वातावरण मैत्री बैंकिङ्ग सेवा उपलब्ध हुने विश्वास बैंकले लिएको जनाएको छ ।
FACEBOOK COMMENTS