काठमाडौं, चैत ५ – सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको अध्यक्षमा होमबहादुर बस्नेत निर्विरोध चयन भएका छन् । संघको १०औँ अधिवेशनबाट बस्नेत निर्विरोध चयन भएका हुन् ।
‘सबैको मायाबाट चयन भएको छु । सबै क्षेत्रको व्यवसायलाई समेटेर नै अगाडि बढ्छु’, नवनिर्वाचित अध्यक्ष बस्नेतले भने । उनले १२ वर्षअघि संघको सदस्यता लिएका थिए । कोषाध्यक्ष र वरिष्ठ उपाध्यक्ष हुँदै बस्नेत अध्यक्षमा चयन भएका हुन् ।
अन्य पदमा भने सहमतिको प्रयास भइरहेको छ । भोलिसम्ममा सहमति नभए निर्वाचनबाट अन्य पदाधिकारी चयन गरिने उनले जानकारी दिए ।
FACEBOOK COMMENTS