सिन्धुपाल्चोक, माघ ६ – जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले बाह्रविसे नगरपालिकामा लगाएको कर्फ्यु हटाएको छ ।
सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका वडा नं ४ स्थित बजारमा सडक अतिक्रमण गरी निर्माण गरिएका घर टहराहरु भत्काउँदा स्थानीयको विरोध भएपछि स्थानिय प्रशासनले आइतबार विहान ८ बजेबाट बेलुकी ५ बजेसम्म कर्फ्यु जारी गरेको थियो ।
आइतबार बेलुका ९ बजे जिल्ला प्रशासन कार्यालय, नगरपालिका, विभिन्न वडाका प्रतिनिधि र स्थानीय बासिन्दाबीच घरटहरा हटाउने विषयमा समिति गठन गर्ने सहमति भएपछि निषेधाज्ञा हटाइएको हो ।
समितिले एक हप्ताभित्र तयार पार्ने प्रतिवेदनका आधारमा अगाडि बढ्ने निर्णय भएपछि अहिले अवस्था सामान्य रहेको सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक (डीएसपी) माधव काफ्लेले जानकारी दिए।
FACEBOOK COMMENTS