काठमाण्डौँ — ज्योति विकास बैंक लि.ले सिन्धुली जिल्लाको सिन्धुलीबजारमा नयाँ शाखा संचालनमा ल्याएको छ ।
कमलामाई नगरपालिका वडा नं ६, सिन्धुलीबजारमा रहेको नयाँ शाखा औपचारिक रुपमा प्रमुख अथिति सिन्धुली उद्योग वाणिज्य संघका अध्यक्ष अम्रेश चन्द्र बैदारज्यू तथा बैंकका अध्यक्ष हरि चन्द्र खड्काले उद्घाटन गरे ।
हाल बैंकले ८५ वटा शाखा कार्यालय तथा २२ वटा ATM मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ ।
यसै आर्थिक वर्ष भित्र थप ५ वटा नयाँ शाखा तथा थप २७ स्थानमा ATM संचालनमा ल्याउने प्रक्रियामा रहेको छ ।
हालसम्म बैंकले १ लाख ६० हजारभन्दा बढि खाताबाट रु. २३.५० अर्बभन्दा बढि निक्षेप संकलन गरी १२ हजारभन्दा बढि ऋणी मार्फत रु. २०.३३ अर्वभन्दा बढि लगानी गर्न सफल भएको छ ।
FACEBOOK COMMENTS