काठमाडौँ, असोज १६ – सिभिल बैंकले आज (असोज १६ गते) बाट ८ लाख ६७ हजार ६ सय ४ कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ ।
यस लिलामी सेयरमा बैंककै संस्थापक सेयरधनी, अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन । यसमा न्यूनतम १ सय रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । बैंकले संस्थापक सेयरधनीको नाममा रहेकोे यो सेयर बिक्रीमा ल्याएको हो ।
लगानीकर्ताले न्यूनतम १० हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । असोज ३० गतेसम्म आवेदन दिन सकिनेछ ।
FACEBOOK COMMENTS