काठमाडौं, चैत ८ –“समृद्धिको लागि सिभिल बैंक”भन्ने नारा बोकी अगाडी बढी रहेको सिभिल बैंकले “ग्लोबल मनीविक”को उपलक्ष्यमा विविध वित्तिय साक्षरता कार्यक्रमहरुको आयोजना गर्दै छ। बैंकले “ग्लोबल मनीविक”को सातदिनमा प्रदेशको रोल क्रमका अनुसारले विभिन्न जनचेतनामुलक विविध वित्तिय साक्षरता कार्यक्रमहरुको आयोजना निम्नानुसार हुने बैंकले जनाएको छ।
चैत्र ९ गते ः प्रदेश नं १माअर्किडकलेज, बिराटनगरमावित्तिय साक्षरता कार्यक्रम तथा बिर्तामोडका टेम्पुहरुमाक्यू आर कोडमार्फत भाडा भुक्तानीको थालनी,चैत्र १०गते ः प्रदेश नं २मा जनकपुरमा वित्तिय साक्षरता कार्यक्रम तथा खुद्रा ब्यापारीहरु माक्यू आरकोड मार्फत भुक्तानीको थालनी,चैत्र ११गते बागमती प्रदेशको धुलिखेल तथा बनेपामा वित्तिय साक्षरता कार्यक्रम तथा हेटौंडाका टेम्पुहरुमाक्यू आर कोडमार्फत भाडा भुक्तानीको थालनी,चैत्र १२गते ःगण्डकी प्रदेशको बेगनास ताल डुंगा ब्यबसायी संघमा वित्तिय साक्षरताकार्यक्रम,चैत्र १३गते ःलुम्बिनीप्रदेशको बुटवल, मणिग्राम, तुलसीपुरमावित्तिय साक्षरताकार्यक्रम,चैत्र १४गते ःकर्णालीप्रदेशको बिरेन्द्रनगर सुर्खेतमावित्तिय साक्षरताकार्यक्रम,चैत्र १५ गते ःसुदुर पश्चिमप्रदेशको धनगढी, जानकी, आदर्श, बन्निगढ, लम्किचुहा र भजनीमा वित्तिय साक्षरता कार्यक्रम आयोजना गनै भएको छ ।
यी वित्तिय साक्षरता कार्यक्रमहरुमा बैंकले अहिलेको डिजिटल युगमा विभिन्न विद्युतिय कारोवारका माध्यमहरुका फाइदाहरुका बारेमाश्रब्य दृश्य सामाग्री सहितको प्रस्तुति गरीने कुरा बैंकले जनाएको छ। साथै बैंकले आफ्नो सामाजिक संजालमार्पत सात प्रमुख विद्युतिय माध्यमहरु (मोवाइलएप, क्यू आर कोड, एटिएम, ईन्टरनेट बैंकिंग,कनेक्ट आइपियस, पिओयस र डिजिटल वालेट)को बारेमा चेतनामुलक सामाग्रीहरुको प्रशारण गर्ने योजना रहेको छ ।
FACEBOOK COMMENTS