लहान,जेठ १७ गते । सिरहामा शनिाबार थप ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै कुल सङ्क्रमित सङ्ख्या २५ पुगेको स्वास्थ्य कार्यालय, सिरहाले जनाएको छ ।
शनिबार लहान नगरपालिकाकाे श्री जेएस मुरारका क्याम्पसमा रहेको क्वाराइनटाइनमा तीन र लहान ११ पडरिया जनता माविमा रहेको क्वारेनटाइनमा पाँच गरी अाठ, धनगडीमाई नगरपालिकामा दुई र कल्याणपुर नगरपालिकामा एक गरी ११ जनामा कोरोना पुष्टि भएको र यसअघिको १४ गरी २५ पुगेको स्वास्थ्य कार्यालय, सिरहाका प्रमुख कृष्णदेव यादवले जानकारी दिनुभयो ।
शनिबार फेला परेका ११ जना सङ्क्रमितहरूलाई धनगडीमाई नगरपालिका – ११ मा रहेको महेन्द्र गेनाई प्रसुति अस्पताल, हाल कोरोना अस्थायी अस्पतालको आइसोलेसनमा लैजाने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो । त्यस अस्पतालमा ३० बेड रहेकोमा २५ जना पुगिसकेका छन् ।
एक जना साउदीबाट आएको, दुई जना जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी र बाँकी सबै भारतबाट आएका युवा रहेका छन् ।
सिरहामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि बन्दाबन्दीको पालना गराउन कडाइ गर्न थालिएको प्रमुख जिल्ला अधिकारी सरोजकुमार गुरागाईंले जानकारी दिनुभयो ।
FACEBOOK COMMENTS