काठमाण्डौं — सिंगापुर एयरलाइन्सको क्षेत्रीय वायुसेवा सिल्क एयरले हप्ताको सातैदिन उडान सुरु गरेको पहिलो साता उत्साहजनक रहेको जनाएको छ ।
शनिबार नयाँ सेवाको सुरुवातसँगै यसअघिको ६ उडानमा एक थप गरी हप्तामा सातवटा उडान गराएको हो ।
नयाँ उडान तालिकाअनुसार सिल्क एयरको बोइङ ७३७–८०० एनजीमार्फत् उडान हुनेछ ।
यसमा १२ बिजनेस क्लास र १५० इकोनोमी क्लासका सिट छन् ।
सिल्क एयरका यात्रुलाई खाना, वाइफाइ, मनोरन्जन तथा अनुमतिभन्दा बढी ब्यागेजका लागि शुल्कसहित सबै खाले सेवा प्रवाह गर्दै आएको सिल्क एयरले जनाएको छ ।
— अन्नपुर्ण
FACEBOOK COMMENTS