काठमाडौं, बैशाख २९- परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतसँग वार्ताको पहल भैरहेको बताएका छन् । नेपालीभूमी मिची भारतले सडक बनाएका विषयमा जनस्तर तथा सासंदहरुबाटै चर्को विरोध आउन थालेपछि मन्त्री ज्ञवालीले कोरोना महामारीको बहानामा सरकार पर्खिने पक्षमा नरहेको र तत्काल भारतसँग वार्ता गर्न चाहेको बताएका हुन् ।
सोमबार बिहान आयोजित प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा परराष्ट्रमन्त्री ज्ञवालीले परराष्ट्र सचिव स्तरीय वार्ता गरी समस्याको समाधान गर्ने पक्षमा रहेको बताए । उनले यसबाट समाधान नभएको खण्डमा परराष्ट्रमन्त्रीस्तरको बार्ता गर्ने बताए ।
परराष्ट्रमन्त्री ज्ञवालीले सीमा विवाद अहिले नै अन्तर्रा्ष्ट्रियकरण गर्ने पक्षमा सरकार नरहेको पनि स्पष्ट पारे ।
त्यसै गरी भूमि सुधारमन्त्री पद्मा अर्यालले दुई देशबीच वार्ता भएर सीमाका विषयमा सहमति भइसकेपछि आफूहरू नक्सा जारी गर्न तयार रहेको उनले बताइन् ।
FACEBOOK COMMENTS