काठमाडौं– नाडा अटो सो तथा दशै तिहारको अवसरमा सुजुकीले आकर्षक योजना प्रस्तुत गरेको छ ।
हरेक वर्ष सुजुकीको आफ्नो पर्वोत्सव योजनामा ल्याउँदै आएको छ । यस वर्ष पनि कम्पनीले विशेष बनाएको छ ।
यो योजना नाडा अटो शोमा प्रारम्भ भई दसैं तिहारसम्म लागू हुने कम्पनीले जानकारी दिएको छ ।
सुजुकीको पर्वोत्सवले सुजुकीका सबै मोडेलहरुको लागि एउटा वेस्ट डिलका रुपमा स्थापित हुने भन्दै कम्पनीले यस वर्ष, सुजुकी पर्वोत्सव योजनामा २ लाखसम्मको नगद छुट, अधिकतम १ लाखसम्मको एक्स्चेन्ज बोनस, इ–स्क्र्याच सिस्टम मार्फत् अधिकतम १ लाखसम्मको थप छुट तथा १ वर्ष सम्मको सवारी कर निःशुल्कप्राप्तगर्न सकिने जानकारी दिएको छ ।
FACEBOOK COMMENTS