काठमाडौं, कार्तिक २० – सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाह अस्पताल भर्ना भएका छन्।
कात्तिक १५ गते कोरोना संक्रमण पुष्टि भएका मन्त्री शाहको स्वास्थ्यमा समस्या देखिएपछि धनगढीस्थित सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा भर्ना गरिएको हो।
कोरोना संक्रमण पुष्टि भएपछि मन्त्री शाह होम आइसोलेसनमै बसिरहेका थिए। आज स्वास्थ्यमा समस्या देखिएपछि मन्त्री शाह अस्पताल भर्ना भएको मन्त्री शाहका स्वकीय सचिव जंगबहादुर बिकले बताए।
उनको नाकबाट रगत बगेको र चिकित्सकले परीक्षण गरिरहेको उनले जानकारी दिए।
FACEBOOK COMMENTS