काठमाडौं, माघ १४ – नेपाल बजारमा सुनचाँदीको दरभाउ एकै पटक र एउटै मूल्य तोकिने तयारी गरेको छ । नेपाल रत्न तथा आभुषण संघले बुधबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा सुनचाँदीको दरभाउ सबै संगठनले एकैपटक र एउटै मूल्य तोक्नका लागि आवश्यक सहकार्य गरिने जनाएको छ ।
नेपालमा गरगहनाका लागि आवश्यक कच्चापदार्थ सुन आफैले आयात गर्न पाउनुपर्ने गरी व्यवसायीहरुले माग राखेका छन् । नेपाल रत्न तथा आभुषण संघले व्यवसायीले नै सुन आयात गर्न पाउनुपर्ने माग राखेको हो ।
संघले व्यावसायीका लागि आवश्यक कर्जा, पुनरकर्जा तथा कर्जा पुनर्तालिकिकरणका लागि नेपाल राष्ट्र बैंकसंग समन्वय गरिने जनाएको छ । त्यस्तै, संघले आउँदो तीन महिना भित्र नेपालमै जेम्स ल्याब स्थापना गरेर सञ्चालन गर्ने पनि जनाएको छ ।
त्यसैगरि, संघले नेपालको सुनचाँदी बजारमा काम गर्ने अधिकाशं कालिगड भारतिय भएकाले कोरोना महामारीमा भारत गएका कालिगड नफर्किएका कारण गरगहना निर्माण गर्ने तालिम सञ्चालन गरेर स्वदेशमै कालिगड उत्पादन गरिने जनाएको छ ।
नेपाल रत्न तथा आभुषण संघका अध्यक्ष ज्योत्सना श्रेष्ठले नेपालमा सुन तथा हिराबाट १५ देखि २० हजार व्यावसायीले आफ्नो व्यावसाय सञ्चालन गरिरहेको बताईन् । उनले यस व्यावसायबाट चतीन लाखले रोजगारी पाएको पनि बताईन् । यस संघलाई प्रदेशस्तरमा पनि विस्तार गर्दै लैजाने योजना कार्यन्वयनमा ल्याइने उनको भनाई थियो ।
FACEBOOK COMMENTS