काठमाडौं, माघ २९- बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज सुन प्रतितोला २ सय रुपैयाँले घटेको छ ।
मंगलबार ७५ हजार ९ सय रुपियाँमा कारोबार भएको छापावाला सुन आज प्रतितोला ७५ हजार सात सय रुपियाँमा कारोबार भइरहेको सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।
त्यस्तै, आज महासंघले तेजाबी सुन प्रतितोला ७५ हजार ४ सय रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आज चाँदीको प्रतितोला ८७५ रुपियाँमा कारोबार भएको छ ।
FACEBOOK COMMENTS