काठमाडौं, चैत १६ – सुनको भाउ तोलामा दुई सय रुपैयाँले बढेको छ । शुक्रबार ८६ हजार तीन सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ सोमबारका लागि ८६ हजार पाँच सय रुपैयाँ तोकिएको छ ।
सुनचाँदी व्यवसायी महासंघकाअनुसार तेजावी सुनको भाउ प्रतितोला ८६ हजार ५० रुपैयाँ तोकिएको छ । शुक्रबार तेजावी सुनको प्रतितोला भाउ ८५ हजार ८५० रुपैयाँ थियो ।
यस्तै चाँदीको भाउ भने तोलामा पाँच रुपैयाँले घटेर कारोबार भइरहेको छ । शुक्रबार प्रतितोला १२ सय ३० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ सोमबार १२ सय २५ रुपैयाँ कायम भएको छ ।
FACEBOOK COMMENTS