काठमाडौं, ११ फागुन – फागुन महिनाको सुरु देखिनै निरन्तर बढिरहेको सुनले एक पछि अर्का नयाँ रेकर्ड कायम गरेको छ । सुनको मूल्य बढ्ने क्रम आइतवार पनि जारी नै रहेको छ ।
छापावाल सुनको भाउ आइतबार तोलामा ७ सय रुपैयाँले बढेर अहिलेसम्मकै महँगो अर्थात् तोलाको ७८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।
शुक्रबार प्रतितोला ७८ हजार एक सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्यमा आइतवार ७ सयले बढेको हो । तजावी सुनको मूल्य पनि आइतवार प्रतितोला ७ सयरुपैयाँले नै बढ्यो ।
अघिल्लो दिन प्रतितोला ७७ हजार ८ सय रुपैयाँमा कारोबार भएको तेजावी सुनको मूल्यमा आइतवार ७८ हजार ५ सय रुपैयाँ कायम भएको महासंघले बताएको छ ।
आइतवार चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँ बढ्यो ।आइतवार चाँदी प्रतितोला ९ सय २० रुपैयाँ कायम भएको छ ।
चीनमा कोरोना भाइरसको संक्रमण बढेको कारण यसले विश्व अर्थतन्त्रमा नै नकारात्मक प्रभाव परेको कारण सुनको मूल्य बढेको हो । अहिलेको अवस्था हेर्दा सुनको भाउ यही हप्ता नै तोलको ८० हजार पुग्ने व्यवसायीले अनुमान गरेका छन् ।
FACEBOOK COMMENTS