काठमाडौं, कार्तिक २७ – लगातार बढेको सुनचाँदीको मूल्य बुधबार पनि बढेको छ । मंगलबार स्थिर रहेर प्रतितोला ७१ हजार २ सयमा कारोबार भएको सुन बुधबार प्रतितोला २ सय रुपैंयाले बढेको छ ।
बुधबार छापावाल सुन प्रतितोला ७१ हजार ४ सय रुपैंयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यसै गरी आज तेजाबी सुन प्रतितोला ७१ हजार एक सय रुपैंयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।
बुधबार चाँदी प्रतितोला ८ सय ५० रुपैंयामा कारोबार भएको छ ।
FACEBOOK COMMENTS