काठमाडौं, पुस २३ – नेपाली बजारमा सुनको मूल्यले ऐतिहासिक रेकर्ड बनाएको छ । बुधबार सुन तोलाको ७६ हजार ५ सय रुपैयाँ पुगेको छ ।
बुधबार एकै दिन सुनको मूल्य तोलामा एक हजारले बढेर फेरि नयाँ रेकर्ड कायम गरेको हो । मङ्गलबार तोलामा ५ सय रुपैयाँले घटेको सुन आज फेरी बढेको हो
यो मूल्य अहिलेसम्मकै महँगो हो । यस्तै चाँदी पनि बुधबार तोलामा २० रुपैयाँ बढेको छ । चाँदी आज तोलाको ९ सय २० रुपैयाँमा कारोबार भैरहेको छ ।
FACEBOOK COMMENTS