काठमाडौं, फागुन ७ – नेपाली बजारमा सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ ।
मंगलबार तोलाको ७६ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ बुधबार ४ सय रुपैयाँले बढेर ७७ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँची व्यवसायी महासङ्घले जनाएको छ ।
त्यसै गरी आज तेजावी सुन ७६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदी प्रतितोला ९ सय पाँच रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
महासङ्घका अनुसार सुनको भाउ अझै बढ्न सक्ने सम्भावना छ । चीनमा फैलिरहेको कोरोना भाइरसको असर सुन बजारमा परेको छ । यसअघि अमेरिका र चीनको व्यापार युद्वका कारण बढेको सुनको मूल्य अहिले कोरोना भाइरसका कारण बढेको सुनचाँदी व्यवसायीले बताएका छन् ।
FACEBOOK COMMENTS