काठमाडौं, साउन १५। साताको चौथो दिन आज बुधबार सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ६५ हजार २०० रुपैयाँमा कारोबार भएको छापवाला सुनको मूल्य आज बुधबार २०० रुपैयाँले बढेर ६५ हजार ४०० रुपैयाँमा कारोबार भएको छ।
नेपाली बजारमा गत असार ६ गतेदेखि सुनको मूल्यले अहिलेसम्मकै नयाँ रेट बनाएर ६५ हजार रुपैयाँमा कारोबार भएको हो। अहिले बजारमा सुन किन्ने भन्दा पनि बेच्ने ग्राहकहरु बढेको सुनचाँदी व्यापारीहरुले जानकारी दिए।
त्यसैगरी आज तेजाबी सुनको मूल्य पनि २०० रुपैयाँले बढेर ६५ हजार १०० रुपैयाँमा कारोबार भएको छ। मंगलबार तेजाबी सुनको मूल्य ६४ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै आज चाँदीको मूल्य पनि ७८० रुपैयाँमा कारोबार भएको छ।
FACEBOOK COMMENTS