काठमाडौं,माघ ७- मंगलवार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । मंगलवार छापावाल सुनको मूल्य प्रतितोला ३०० रुपैयाँ बढेर ७५ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमवार प्रतितोला ७५ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्यमा मंगलवार ३०० रुपैयाँले बढेको हो ।
त्यस्तै गरी सोमवार प्रतितोला ७४ हजार ७ सय रुपैयाँमा कारोबार भएको तेजावी सुनको मूल्य पनि मंगलवार ३०० रुपैयाँले बढेर प्रतितोला ७५ हजार रुपैयाँ कायम भएको महासंघले बताएको छ ।
सोमवार प्रतितोला ८ सय ९० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्यमा मंगलवार प्रतितोला ५ रुपैयाँ बढ्दै ८ सय ९५ रुपैयाँ कायम भएको महासंघले बताएको छ ।
FACEBOOK COMMENTS