काठमाडौं, फागुन २९- नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले नवलपरासी (वर्दघाट सुस्तापूर्व) गैँडाकोट नगरपालिका वार्ड नं ४ काँग्रेस चोक स्थीत “मोनिका सुनचाँदी पसल”मा भएको चोरीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
गत फागुन १८ गते पसलको सटर फुटाली करीव ८१६ ग्राम सुन, रु.७ लाख नगद र १ के.जी चाँदी राखिएको सेफ नै उठाएर लगेको पिडित गहना व्यवसायी उमेश गहतराजले बताए । बहुमूल्य गहना र नगद सहित राखिएको उक्त सेफ घटना भएको ९ दिन पछि रित्तो र क्षत–विक्षत अवस्थामा घटना स्थलबाट करीव २ कि.मीको दूरीमा नारायण नदीको बगरमा भेटिएको थियो ।
पूर्व–पश्चिम राजमार्गसंग जोडिएको व्यस्त बजारको प्रमुख चोकमा रहको पसलमा त्यति ठूलो आपराधिक घटना हुँदा समेत सुरक्षा संयन्त्रले थाहा नपाउनु र घटना भएको ११औं दिन सम्म पनि अपराधी पत्ता लाग्न नसक्नुले थप अन्योल र आशंका उत्पन्न भएको महासंघले बताएको छ । साथै यसबाट सुरक्षा संयन्त्र एवं अनुसन्धान निकायको प्रभावकारिता माथि नै प्रश्न उठेको महासंघको ठम्याई रहेको छ ।
तसर्थ अनुसन्धान कार्यलाई प्रभावकारी रुपमा थप तीव्रता दिई छिटो भन्दा छिटो उक्त घटनाको अपराधी पत्ता लगाई कानूनको दायरामा ल्याउन र पीडितको चोरी भएको धनमाल दिलाई भराई न्याय पाउने व्यवस्थाका लागि अविलम्व आवश्यक पहल हुन सम्बन्धित निकायसंग महासंघ जोडदार माग गरेको छ ।
FACEBOOK COMMENTS