नाकमा ठोकिएर जाने बतास मात्रै होइन सुगन्ध । यदि त्यसो हुँदो त सवैलाई सवै प्रकारका सेन्ट मन पर्दा हुन् १ त्यसैले सुगन्ध त हृदयको कुनासम्म पुग्ने अनुभूति पनि हो । कुनै कुरा अझ राम्रो हुनुलाई भन्ने गरिन्छ– सुनमा सुगन्ध । सुनले पनि जबसम्म आकार लिँदैन, तबसम्म त्यो एउटा पहेंलो धातु न हो । जब यसले आकार पाउँछ, अनि बल्ल आँखाको बाटो हुँदै हृदयसम्म पुग्छ । सुन्दर आकार ग्रहण गरेको सुन देखेपछि मान्छेहरुले भन्छन्– मन प¥यो । सुनलाई मान्छेको हृदयसम्म पु¥याउने काममा २८ वर्षदेखि सक्रिय छिन्, ज्योत्सना श्रेष्ठ । मेरीगोल्ड सयपत्री ज्वलर्सकी प्रोपाइटर श्रेष्ठ निरन्तर सुनमा ‘सुगन्ध’ मिसाइरहेकी छिन् । त्यसैले त मक्खन टोलको सुनचाँदी जुहारत पसल मेरीगोल्ड सयपत्री ज्वेलर्स भएर न्युरोडदेखि दरवारमार्गसम्म फैलिएको छ ।
एउटा साङ्गोपाङ्गो जिन्दगी सवै जिउँछन् । तर, जीवनको कहानी लेख्नलायक वा सुनाउन लायक बनाउन कि नबनाउने त्यो आफूमा भर पर्ने कुरा हो । सुनचाँदी व्यवसायी परिवारमा घरजम गरेर आएकी ज्योत्सनालाई नपुग्दो केही थिएन । त्यसैमाथि उनको समुदायमा महिलाले घरबाहिरको काम गरेको रुचाइन्थ्यो । उनले त्यो घेराबाट निस्केर बाहिर आउने आँट नगरेको भएपनि जिन्दगी त अच्छाखाशा चलिरहन्थ्यो । तर, उनीसँग सुनाउन लायक कथा हुने थिएन । आजको जस्तो नाम हुने थिएन । सम्मान हुने थिएन ।
बिहेपछि दुई वर्ष उनले घरमै बिताइन् । उनको मीठो बोली र त्यस्तै स्वादिष्ट परिकारबाट परिवार सन्तुष्ट नै थियो । एकदिन उनलाई लाग्यो, ‘परिवारको आर्थिक उन्नतिको म पनि हिस्सा बन्न सक्छु नि ।’ उनले ससुरा गोपालमान श्रेष्ठलाई आफ्नो सोच सुनाइन् । ‘फाउन्डर अफ कमर्स’ गोपालमानले कुरा बुझे । उनलाई सुन व्यवासयको तरक्की सिकाउन थाले ।
त्यो समय कसीमा जाँचिन्थ्यो सुन । कालो ढुंगामा घोटेर सुनको स्तर जाँच्नु सजिलो कहाँ थियो र रु उनका ससुरा गोपालमानले कसीमा सुन जाँच्न सिकाए र लगाए । तर, उनी त्यो समय सुनसँगै आफ्नै करियर जाँचिरहेकी थिइन् । उनले कसीमा सुन जाँच्न सके व्यवसायतिरको बाटो खुल्थ्यो, नजाने हाउस वाइफको जीवन । उनले एक÷दुई पल्टमै कसीमा सुन घोटेर त्यसको स्तर खुट्याउन सकिन् । उनी सम्झिन्छन्, ‘यस मामलमा म गड गिफ्टेड भएँ । केही समय देखेकै आधारमा सुनको स्तर पत्ता लगाउन सकें ।’
सुरुमा उनले सुन व्यवसाय होइन, साथीसँग मिलेर बालबालिकाका सामाग्रीको पसल खोलिन् । पछि पारिवारिक सुन व्यवसाय नै विस्तार गर्नेतर्फ लाग्न त्यो व्यवसाय स्थगित गरिन् ।
परम्परागत तरिकाले चलिरहेको सुनचाँदी व्यवसाय । सवै सुनचाँदै पसलमा ग्राहले नै सुन लिएर आउने र बनाएर लैजाने गर्थे । त्यसो गर्दा केही महिना लाग्थ्यो । उनको परिवारप्रति धेरैको विश्वास थियो । त्यसैले खोज्दै त्यहाँ आइपुग्थे । उनले अर्डरपछि बनाउने भन्दा पनि आफैं सुन किनेर केही नमूना बनाएर राख्ने अवधारणा ल्याइन् । मख्खनको ‘सुन चाँदी जुहारत पस’लमा यस्ता गहना राखियो । सिमित गहना थिए तर ग्राहकको भीड लाग्न थाल्यो । उनी सम्झिन्छिन्, ‘यतिसम्म हुन्थ्यो कि एउटै सामान ‘मैले अघि हेरेको, मैले अघि नै किन्ने भनिसकेको’ भनेर ग्राहकहरु झगडा गर्थे ।’ यसरी गहनाको रिटेल पसलको सुरुवात भयो । सुनचाँदी जाँच्ने आधुनिक मेसिन नआएको समयमा सवैभन्दा ठूलो मेसिन ‘विश्वास’ थियो । श्रेष्ठ परिवारसँग त्यही विश्वास थियो । रिटेल पसल पनि राम्रो चल्न थाल्यो । त्यसपछि ‘टिसा ढुकु’ भनेर त्यसलाई आधुनिकीकरण गर्दै लगियो ।
विस्तारै अरु सुन व्यवसायीले पनि यो तरिका पछ्याए । मख्खनबाटै राम्रो व्यवसाय भइरहेको थियो तर न्युरोड बजारको रुपमा उदाउन थाल्यो । श्रेष्ठ परिवारले आफ्ना व्यवसायलाई फैलाउँदै न्युरोड पु¥यायो । २१ वर्षअघि त्यहाँ खुल्यो, सयपत्री मेरिगोल्ड ज्वेलर्स । गहनाको भेराइटी र क्वालिटी त त्यसअघि नै उनीहरुले अभ्यासमा ल्याइसकेका थिए ।
ज्योत्सनालाई थप केही नयाँ गर्न मन लाग्यो । उनले भारतबाट इन्टेरियर डिजाइनर ल्याएर गहना पसल र राख्ने ठाउँ आकर्षक देखाइन् । त्यसले मेरिगोल्डको स्तर अझै उकास्यो ।
काममा लागेपछि डटिरहने बानी छ उनको । जुन पेशामा पनि सफलता हासिल गर्न सिर्जनशीलता जरुरी हुने उनको विश्वास छ । न्युरोडमा नयाँ पसल खुलेपछि उनी निरन्तर खटिन् । गहनामा मौलिकता र सिर्जनाशिलता मिसाइन् । ग्राहकलाई उनीहरुको बजेट, आवश्यकता र अवस्था अनुसार उपयुक्त गहनाका लागि सल्लाह दिइन् । यसले मेरिगोल्डप्रति ग्राहकको विश्वास र आत्मीयता अझ प्रगाढ बनायो । भन्छिन्, ‘गहना किन्न भनेर त मान्छेहरु हुन्छन् । तर, उनीहरुलाई यसका बारे धेरै थाहा हुँदैन । यसबारे बुझाइदिँदा अझ खुशी हुन्छन् ।’
नेपाली संस्कृतिमा जन्मदेखि मृत्युसम्म सुन जरुरी हुन्छ । त्यसैले सुनको महत्व छ । सुन पसलको महत्व छ । अझ यसको महत्व बुझ्नेहरुको झन् अर्कै महत्व छ । ज्योत्सना सुन व्यवसायीमा पनि त्यस्तो व्यक्तित्व हुन्, जसले सुनको आर्थिक, सामाजिक र व्यवसायिक महत्व राम्ररी बुझेकी छिन् । त्यसैले उनी ग्राहकले सुन किन्नुको सन्दर्भ जानकारी लिएर त्यो अनुसारको सुझाउँछिन् ।
उनलाई लाग्छ, ‘सुन परम्परा मात्रै होइन, नेपाल जस्ता विकासोन्मुख देशका महिलाका लागि सामाजिक सुरक्षा पनि हो ।’ किनभने सम्पत्तिको अधिकार पुरुषसँग मात्रै हुने अवस्थामा महिलालाई अप्ठ्यारो पर्दा त्यही बेचेर समस्या टार्न सक्ने उनको धारणा छ ।
यसबाहेक अध्यात्मिक र बैज्ञानिक कारण पनि छन् । ‘सुनपानी खाने, कल्ली लगाउने, औंठी लगाउने प्रचलनका बैज्ञानिक कारण छन्,’ उनले भनिन् ।
एक वर्षअघि दरबारमार्ग आइपुगेको हो मेरीगोल्ड । वर्षौंदेखि विश्वास गरेर गहना किनिरहेका ग्राहकहरुको चाहनालाई सम्बोधन गरेर दरबार मार्गबा सेवा दिन थालिएको प्रोपाइटर श्रेष्ठले बताइन् ।
नेपाली संस्कृतिमा महिलाहरुले पेशामा पूरै समय दिएर मात्रै पुग्दैन । घरपरिवार पनि सम्हाल्नुपर्छ । श्रेष्ठले परिवार र पेशा दुवै कुशल ढंगले सम्हालिरहेकी छिन् । हरेक दिन ५ बजे ब्युँझिन्छन् । उनी भन्छिन्, ‘जसरी पनि आँखा खुल्छ त्यही समयमा ।’ यो बानीले उनलाई निकै सघाएको छ । अरु उठिरहँदा उनी घरधन्दाका काम सकिसक्छिन् ।
पछिल्लो समय त परिवार र पेशा मात्रै छैन, उनी समग्र व्यवासायीका हकहितमा आफूलाई उभ्याइरहेकी छिन् । सिकाइलाई निरन्तर प्रक्रियाका रुपमा ग्रहण गर्ने उनी केही सिक्न त्यतातिर पनि लागेको बताउँछिन् । उनी नेपाल उद्योग वाणिज्य महासंघकी केन्द्रीय सदस्य हुन् ।
ज्वेलरी व्यवसायलाई सरकारले उत्पादक क्षेत्रका रुपमा लिँदैन । त्यसैले सरकारले व्यवसायीका लागि सेवासुविधामा खाश ध्यान दिँदैन । व्यवसायी आफैंले गुणस्तर कायम राख्न लबिइङ गर्नुपर्ने अवस्था रहेको उनी बताउँछिन् । ‘नयाँ प्रविधियुक्त मेसिन खरिद गर्न महंगो पर्छ । धेरैले उक्त मेसिनका लागि लगानी गर्न मुश्किल पर्छ,’ उनले भनिन् । न्यनुनतम क्षतिमा सुन रिफाइन गर्ने गर्ने उपकरण ल्याएर व्यवसायीलाई राहत दिने उनको लक्ष्य छ । नेपालमै सुन्दर गहना निर्माण गरेर विदेश निर्यात गर्ने सपना सजाएकी छिन् । यसका लागि उद्योग स्थापना गर्ने तयारीमा छन् अहिले उनी । यतिमात्र होईन ज्योत्सना श्रेष्ठ नेपाल रत्न तथा आभुषण संघको पाँचौ महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भईन । उनी संघको प्रथम महिला अध्यक्ष हुन् ।
सक्रियता, लगनशीलता र सिर्जनशिलताबाट उनलाई निरन्तर आँटेताकेका काममा सफलता मिलिरहेको छ । उनको परिवार अहिले पूर्वी नेपालमा पाँचतारे होटेल सञ्चालनको तयारीमा छ । भारत, चिन, भुटान, बंगलादेशलगायतलाई लक्ष्य गरेर उक्त होटेल खोलिएको हो ।
आफू यहाँसम्म आइपुग्नुको श्रेय उनी परिवारलाई दिन्छिन् । आफूले गर्न खोजेको काममा हौसला दिने र विश्वास गर्ने श्रीमान् सुरेशमान श्रेष्ठप्रति उनी असाध्यै आभारी छिन् । यसैगरी ससुरा गोपालमान श्रेष्ठले आफूलाई व्यवसायका लागि दिएको ज्ञानसीपले यहाँसम्म यात्रा तय गर्न सकेको बताउँछिन् ।
FACEBOOK COMMENTS