काठमाडौं, साउन १२ – राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० छाडेका पूर्वमन्त्री सुनीलबहादुर थापा नेपाली कांग्रेस प्रवेश गर्ने भएका छन् । उनी आफ्नो समूहसहित कांग्रेस प्रवेश गर्ने भएका हुन् । मंगलबार तीन बजे सानेपामा पार्टी प्रवेश कार्यक्रम राखिएको छ ।
थापासहित ३० जनाले केही दिन पहिले मात्र राप्रपाको जिम्मेवारीबाट सामूहिक राजीनामा दिएका थिए । स्रोतका अनुसार कांग्रेसमा थापालाई पदाधिकारी बनाइनेछ भने केहीलाई केन्द्रीय सदस्य बनाउने सहमति भएको छ ।
थापाले राप्रपामा महामन्त्री भएकाले त्यही पद पाउनुपर्ने माग राखेका थिए । तर, सहमहामन्त्री बनाउने सम्भावना रहेको कांग्रेस स्रोतले अनलाइनखबरलाई बतायो । यस्तै थापाले आफूसँगै कांग्रेस प्रवेश गर्ने १३ जनालाई पार्टी केन्द्रीय सदस्य बनाउनुपर्ने माग गरेका थिए । तर, तीनदेखि पाँचजनालाई केन्द्रीय सदस्य बनाएर अरुलाई अन्य जिम्मेवारी दिइने देउवा निकट एक नेताले बताए ।
FACEBOOK COMMENTS